चैत्र ८, २०८२ आइतबार | ०२:१९:०८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

विपुल र रविको जोडीलाई उपाधि

काठमाडौं ।  रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९-११, ११-६, ११-६ र १४-१२ को सेटमा पराजित गरे ।

विजेताले ४० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा भएको प्रतियोगितामा गोड स्पिन टेबलटेनिस एकेडेमीका सुरज वज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेश्रो भए । तेश्रो हुने जोडीले समान  १० हजार रुपैयाँ  पाए ।

प्रतियोगितामा एक मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्समा पुरुष/महिला, पुरुष/पुरुष र महिला/महिला खेलाडीको जोडी मिलेर खेल्न पाउने प्रावधान थियो ।

इन्टरटेन्मेन्ट टेबलटेनिसका पदक विजेतालगायत

उत्कृष्ट खेलाडी भने पुरुष/महिलातर्फ छुट्टाछुट्टै घोषणा गरिएको थियो । पुरुषमा रिभाइभका एलेक्स महर्जन तथा महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ पप्त गरेका छन्  ।

विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, साग स्वर्णधारी टेबलटेनिसका सिजरिन शाह र गीता शाह, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, आयोजक ग्रुपका अध्यक्ष सुमन खड्गी, जिओम टेबलटेनिस नेपालका निर्देशक ज्याकी महर्जनलगायतले कार्यक्रमबीच गरे ।

समापनका अवसरमा जिओमले सहभागी १२८ मध्ये सात जनालाई ‘लक्की ड्र’ मार्फत ५० हजार रुपैयाँ बराबरको रबर र बल प्रदान गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो