चैत्र १७, २०८२ मंगलबार | २०:२६:२०
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

जुनियर वर्ल्ड र्याङकिङ टेनिसः पेन र झाङलाई स्वर्ण

सातदोबाटो । थाइल्यान्डका पेन चरुसोर्न र चीनकी जि ये झाङले जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ अन्तर्गत सिंगल्स उपाधि शनिबार जितेका छन् । यु-१६ को ब्वाइजमा पेन र गर्ल्स झाङले स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको ब्वाइज फाइनलमा पेनले अमेरिकाका भेन्कत ऋषि बत्लान्कीलाई ६-४,६-४ को सोझो सेटमा पराजित गरे । गर्ल्समा झाङले दक्षिण कोरियाकी सुहा लिलाई सीधा सेटमा ७-५, ६-२ ले हराइन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा ब्वाइज÷गल्र्स सिंगल्स र डबल्समा गरी ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्सको ब्वाइजमा थाइल्यान्डका पेन चरुसोर्न र हङकङका सिन हाङ ताम तथा गर्ल्समा हङकङकी चिङ लाम र दक्षिण कोरियाकी सुहा लिको जोडी पहिलो भएका थिए । ब्वाइज÷गर्ल्समा समान ३२–३२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले पुरस्कृत गरे । प्रतियोगिताअन्तर्गत सर्किट-२ सोमबारदेखि सुरु हुनेछ । त्यसका लागि छनोट चराणका खेलहरु शनिबारदेखि नै सुरु भएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो