ओप्स खेलकुद महोत्सव

ओप्स खेलकुद महोत्सवः हिमरश्मिको दुवै टोली सेमिफाइनलमा

ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबलको गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं ।  हिमरश्मिको ब्वाइज र गर्ल्स दुवै टोली सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबलमा शुक्रबार सेमिफाइनल प्रवेश गरेका छन् ।  

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्धारा आयोजित प्रतियोगिताको ब्वाइजमा हिमरश्मिले प्रगतिलाई २५-१७ ले पराजित गर्यो । हिमरश्मिका आयुश थापाले पाँच अंक जोडे ।

ब्वाइजमै एन्जल्स हार्टले न्युटनलाई २८-१९ तथा सेबले पुष्पकुञ्जलाई ३८-१९ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एन्जल्स हार्टका जितेन्द्र चौधरीले १२ तथा सेबका सुमित राईले नौ स्कोर गरे ।

 सेमिफाइनलमा एन्जल्स हार्ट र  हिमरश्मि तथा सेब र  लालीगुराँस नेसनल एकेडेमी  प्रतिस्पर्धा गर्ने छन् ।

डाँडागाउँस्थित हिमरश्मिकै कोर्टमा भइरहेको प्रतियोगिताको गर्ल्समा हिमरश्मिले न्युटनलाई १६-१२ ले हरायो । हिमरश्मिकी सिर्जना तामाङले नौ अंक जोडिन् ।

अन्य खेलमा सेबले कौशललाई २०-१५, फेरिल्यान्डले प्रगतिलाई १९-१२ र एन्जल्स हार्टले लालीगुराँसलाई २०-१९ ले स्तब्ध बनाउँदै सेमिफाइनल यात्रा तय गरे । सेबकी सुस्मिता पराजुलीले ६, फेरिल्यान्डकी स्नेहा महतले सात र एन्जल्स हार्टकी अन्शु शर्माले ६ स्कोर गरे । 

सेमिफाइनल एन्जल्स हार्ट र फेरिल्यान्ड तथा हिमरश्मि र सेबबीच हुनेछ ।