अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिता

अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताः अर्नव शीर्ष स्थानमा

काठमाडौं । नेपालका अर्नव पाण्डे चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगितामा १० औं चरणको खेल समाप्तिमा शुक्रबार शीर्ष स्थानमा छन् । उनले २ हजार २ सय २७ अंक जोडेका छन् ।

नैकापस्थित ब्राइट फ्युचर माविमा भइरहेको प्रतियोगितामा नेपालकै रुविन श्रेष्ठ ८ सय ४२ अंकसाथ दोश्रो स्थानमा रहेको काठमाडौं स्क्राबलका अध्यक्ष बुद्ध गौतमले जनाएका छन् । खेल १५ चरणसम्म चल्ने छ ।

स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह–आयोजनामा भइरहेको प्रतियोगिताको साइड इभेन्टमा नेपालकी विन्दु मानन्धर पहिलो तथा अमेरिकाका साम टाइमर दोश्रो स्थानमा छन् ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाबाट ३८ खेलाडी सहभागी छन् । स्क्राबल कोठे पदको परिस्कृत रुप भएको जनाइएको  छ ।