टिआइए कप बास्केटबल

टिआइए कप बास्केटबलः निम्स र बिएनए सेमिफाइनलमा

काठमाडौं ।  निम्स र बसुन्धरा नेसनल एकेडेमी (बिएनए) १५ औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

निम्सले एचएचसिएलाई २०-१४ ले पराजित गर्यो । निम्सकी टिना लिम्बुले १० अंक योगदान गरिन् । स्मृति खत्रीको १३ अंक सहयोगमा बिएनएले ग्रिनल्यान्डलाई १७-१५ ले स्तब्ध बनयो ।

सिनियर गर्ल्समै एनसिसीएसले हिमरश्मिलाई २३-१४ तथा भ्याली पब्लिकले आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) ‘बी’ लाई २६-६ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एनसीसीएसकी दिभा महर्जन र भ्याली पब्लिककी लोरिशा गौचनले समान १३ स्कोर गरे ।

सेमिफाइनलमा निम्सले एनसिसिएस तथा बिएनएले भ्याली पब्लिकको समाना गर्नेछन् ।

सिनियर ब्वाइजमा निम्सले जेनिथलाई ४४-४१, ग्रिनल्यान्डले टिआइएलाई ५५-२७, भ्याली पब्लिकले बिएमसीएलाई ३१-२० र एचएचसिएले विल्सन एकेडेमीलाई ४३-२८ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

निम्सका सुवास लामिछानेले २०,ग्रिनल्यान्डका प्रवीण गुरुङले २४, भ्याली पब्लिकका सुनिल पौडेलले सात र एचएचसीएका डेविड राईले १६ स्कोर गरे । सेमिफाइनलमा एचएचसिएले निम्स तथा भ्याली पब्लिकले ग्रिनल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।