इङ्लिस प्रिमियर लिग

आर्सनलले गुमायो अवसर

काठमाडौं । वेष्टहम युनाइटेडसँग २–० ले पराजित भएसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थान उक्लने अवसर गुमाएको छ ।

बिहीबार राति वेष्टहमलाई जित दिलाउन टोमस सौसेक र कोन्स्टान्टिनोस माभ्रोपानोसले समान एक गोल गरेका हुन् ।

हारपछि आर्सनल १९ खेलबाट ४० अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेलबाट ४२ अंकको लिभरपुल शीर्ष स्थानमा छ । वेष्टहमविरुद्धको जितले आर्सनल शीर्ष स्थानमा उक्लने थियो । जितपछि वेष्टहम ३३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा आर्सनलले गोलका प्रयास गरेपनि सफल भएन । खेलको १३औं मिनेटमा टोमसले बक्सभित्रबाट सहज गोल गरे ।

लन्डर डर्बीबाट टोमसले प्रिमियर लिगमा ३०० गोल पूरा गरेका छन् । माभ्रोपानोसले ५५औं मिनेटमा दोस्रो गोल गरेका हुन् । 
९० मिनेटपछिको इन्जुरी समयमा साइड बेन्राहमले पेनाल्टी सदुपयोग गर्न नसक्दा वेष्टहमले अग्रता बढाउने अवसर गुमायो । उनको प्रहार आर्सनलले गोलकिपर डेविड रायले बचाएका हुन् ।