इङ्लिस प्रिमियर लिग

टोटनहम ब्राइटनसँग पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहम ब्राइटनसँग ४–२ ले पराजित भएको छ ।

घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन जोआओ पेड्रोले दुई गोल गरे । उनले दुबै गोल पेनाल्टीमा गरेका थिए । यो सँगै पेड्रोले सिजनको १३औं गोल पूरा गरेका छन् । ज्याक हिन्सेलवूड र पेर्भिस इस्टुपिनानले समान एक गोल गरेका थिए ।

टोटनहमको लागि एलेजो भेलिज र बेन डेभिसले समान एक गोल गरेका थिए । खेलको पहिलो हाफमा ब्राइटनले दुई गोल गरेको थियो । ७५ मिनेटसम्म ४–० को अग्रता बनाएको हो ।

हारपछि १९ खेलबाट ३६ अंक बनाएको टोटनहम पाँचौं स्थानमा छ । ३० अंकसहित ब्राइटन आठौं स्थानमा छ । ४२ अंकको लिभरपुल शीर्ष स्थानमा छ ।