चैत्र १४, २०८२ शनिबार | ०३:३७:५०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले टेस्ट शृंखलाको पहिलो खेलमा बिहीबार भारतमाथि एक इनिङ र ३२ रनको सानदार जित निकालेको छ ।

सेन्चुरियानमा भारत तेस्रो दिन दोस्रो इनिङमा १ सय ३१ रनमै समेटियो । भारतका विराट कोहलीले ८२ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ७६ रनको योगदान गरे । यसैगरी शुभमन गिल २६ रन बनाए ।

दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले चार, मार्को यानसनले तीन र कागिसो रबाडाले दुई विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो इनिङमा सबै विकेट गुमाउँदै ४ सय ८ रन बनाएको थियो । दक्षिण अफ्रिकाको जितमा ओपनर डिन एल्गरले २ सय ८७ बलमा २८ चौकाकोको मद्दतले १ सय ८५ रनको योगदान गरे । मार्को यानसेन १ सय ४७ बलमा ११ चौका र एक छक्काको मद्दतले ८४ रनमा अविजित रहे ।

यसैगरी पहिलो टेस्ट खेलेका डेविड बेडिङ्घमले ८७ बलमा सात चौका र दुई छक्काको मद्दतले ५४ रन बनाए ।  टोनी डी जोर्जीले २८ र जेराल्ड केएट्जीले १९ रन जोडे ।

एल्गरले चौथो विकेटका लागि बेडिङ्घमसँग १ सय ३१, छैटौं विकेटका लागि यानसनसँग १ सय ११ र दोस्रो विकेटका लागि जोर्जीसँग ९३ रनको साझेदारी गरे ।  

भारतका लागि जसप्रीत बुमराहले चार, मोहम्मद सिराजले दुई तथा शार्दुल ठाकुर प्रसिद्ध कृष्ण र रविचन्द्रन आविश्नले समान एक विकेट लिए ।

पहिलो इनिङमा भारतले २ सय ४५ रन बनाएको थियो । योसँगै दक्षिण अफ्रिकाले दुई खेलको शृंखलामा  १-० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट बुधबारदेखि सुरु हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो