समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता

यु-१९ राष्ट्रिय बास्केटबलः भ्याली पब्लिकको विजयी सुरुआत

समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता

काठमाडौं । भ्याली पब्लिकले समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतिस्पर्धामा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलई ७२-५० ले पराजित गरेको हो । भ्याली पब्लिकको जितमा प्रवीण गुरुङले २५ अंक योगदान गरे ।

महिलामा भने भ्याली पब्लिक चुक्यो । सन्ध्या डंगोलको १४ अंक सहयोगमा आइएएस नेपालले भ्याली पब्लिकलाई ५०-२३ को फराकिलो अन्तरले हरायो । गर्ल्सकै अर्को खेलमा जेभियर इन्टरनेसनल कलेजले गोल्डेनगेटलाई हरायो ।

पुरुषको अन्य खेलमा स्नोल्यान्ड, रोयल र ग्रिनफिल्डले जित निकाले । स्नोल्यान्डले हाउन्ड्सलाई ४४-३६ ले स्तब्ध बनायो । विजेताका गगन राईले १७ स्कोर गरे ।

रोयलले जेभियरमाथि ६८-४५ को जित हासिल गर्यो । रोयलका श्रीयुक्त सोले १८ अंक जोडे । टाइमआउटविरुद्धको खेलमा ग्रिनफिल्ड ७१-६१ ले विजयी भयो । ग्रिनफिल्डका सोनम लामाले २३ अंक जोडे ।

प्रतियोगिताको उद्घाटन पूर्वबास्केटबल प्रशिक्षक इश्वरमान मालाकार र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले गरे । प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टोली सहभागी छन् ।