सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता

मुग लिः ल ल्होसार खुला फुटबल पुसको अन्तिम साताबाट हुने

सांकेतिक तस्बिर

काठमाडौं । प्रथम प्रविण घले स्मृति कप तथा मुग लिःल ल्होसार खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ।

आयोजक लिल फुङ घले समाज सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अनुसार प्रतियोगिता पुस २४ गतेदेखि माघ १ गतेसम्म  हुनेछ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १सय ५१ र उपविजेता ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले नगदसहित ट्रफी पाउने छन्।

सहभागिता जनाउनका लागि पुस २१ गतेसम्ममा टोली दर्ता गर्न सकिने आयोजकले जनाएको छ। टोली दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकिएको छ। 

प्रतियोगिताका सबै खेल सिन्धुपाल्चोक चौतारास्थित टुँडिखेल मैदानमा हुनेछ।