केल्मी र एएफसीबीच चार वर्षको सहकार्य सहमती

काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी)ले स्पोर्टसवेयर ब्रान्ड केल्मीसँग चार वर्षका लागि सहकार्य गर्ने भएको छ । केल्मी र एएफसीबीच मंगलबार चार वर्षका लागि ग्लोबल पार्टनरसिपको लागि सहकार्य गर्ने सहमती भएको केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले बताए ।

दुई पक्षबीचको सहमतिअनुसार केल्मीले २०२२ देखि २०२४ सम्म हुने एएफसीका प्रतियोगिताहरूमा खेल सामग्री प्रदान गर्नेछ । त्यस्तै, केल्मीले चीनमा हुने एएफसी एसियन कप २०२३ को आधिकारीक बल प्रदान गर्नेछ ।

विश्व फुटबलमा सहकार्यलाई तीव्रता दिएको केल्मीले स्पेनिस ला लिगा, इङ्लिस प्रिमियर लिग, रसियन सुपर लिग र अन्य अन्तर्राष्ट्रिय क्लबहरूसँग पनि सहकार्य गरिरहेको छ । 

केल्मीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई पनि प्रायोजन गरेको थियो । त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबलगायतका क्लबहरूलाई पनि प्रायोजन गरेको छ ।