राष्ट्रिय महिला फुटबल टोलीमा सात नयाँ अनुहार

 काठमाडौं । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसिया कप-२०२२ को छनोट प्रतियोगिताका लागि सात नयाँ अनुहारसहित नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेका छन् ।

फिलिप्सले आज घोषणा गरेको २३ सदस्सीय टोलीमा बिमला बि.क, प्रीती राई, निशा थोकर, रजनी थोकर, सबिता रानामगर, सिर्जना सिंह र रश्मी घिसीङ नयाँ अनुहार हुन्। यससँगै आजबाट बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी विदा भएका छन्। 

अमिशा कार्की, अञ्जली वाईबा, मनिषा राउत र शर्मिला थापा २३ सदस्यीय टोलीमा अटाउन असफल रहे । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल फिलिफिन्सविरुद्ध १८ सेप्टेम्बरमा खेल्नेछ । दोस्रो खेल २१ सेप्टेम्बरमा हङकङविरुद्ध खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने एक टोलीले २०२२ मा भारतमा हुने एएफसी एसिया कपमा स्थान बनाउने छ ।