अभिषेकसहित तीन खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिए 

काठमाडौं (खेलाडी) – भारतविरुद्ध मैत्रीपूर्ण तथा साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज २५ सदस्सीय टोलीको घोषणा गरेका छन् । उनले घोषणा गरेको टोलीबाट नियमित फरवार्ड अभिषेक रिजालसहित तीन खेलाडी बाहिरिएका छन् ।

भारतको आई लिग खेलिसकेका अभिषेकसहित गोलकिपर अर्पण कार्की र मिडफिल्डर शिशिर लेखी राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् । 

साफ च्याम्पियनसिप असोज १५ गतेबाट माल्दिभ्समा हुदैछ । त्यसअघि नेपालले भारतविरुद्ध दशरथ रंगशालामा भदौ २० र २३ गते मैत्रीपूर्ण खेल खेल्नेछ । भारतविरुद्ध नेपालले घरेलु भुमीमा मैत्रीपूर्ण खेल खेल्न लागेको यो पहिलो पटक हो ।

नेपाली राष्ट्रिय टोली साफ च्याम्पियनसिप र एएफसी एसियन कप २०२२ को छनोट प्रतियोगिताका लागि अहिले पोखरा बन्द प्रशिक्षण गरिरहेको छ ।