ओलम्पिक टोलीको विदाई

काठमाडौं, (खेलाडी)- राष्‍ट्रिय खेलकुद परिषद (राखेप) का कार्यवाहक सदस्यसचिव एकेन्द्र कुँवरले टोकियो ओलम्पिकमा सहभागिता जनाउनका लागि जापान जान लागेको नेपाली पदाधिकारीहरुको टोलीलाई विदाई गरेका छन् । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्‍ठको नेतृत्वमा सोमबार पाँच सदस्यीय पदाधिकारी टोली जापान गएको छ । टोलीमा एनओसी अध्यक्ष श्रेष्‍ठ, एनओसी महासचिव निलेन्द्रराज श्रेष्‍ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राखेपका बोर्ड सदस्यद्धय सुभाष श्रेष्‍ठ र सम्पन्‍न श्रेष्‍ठ छन् ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल यसअघि नै सेभ दी मिसनको हैसियतमा जापान गइसकेका छन् । सिलवालले आफू जापान रहँदाको समयमा कामकाज गर्नका लागि कुँवरलाई कार्यवाहक सदस्यसचिवको जिम्मेवारी तोकेका थिए ।