नवौं राष्ट्रिय खेलकुद

स्क्वास खेलाडी छनोट

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनोट सम्पन्न भएको छ ।

नेपाल स्क्वास र्याकेट्स संघको कोर्टमा मङ्गलबार भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ चार र महिलातर्फ तीन गरी कुल सात खेलाडी छनोट भए । राष्ट्रिय खेलकुदका लागि चयन हुने खेलाडीमा अरहन्तकेशर सिंह, अमिर ब्लोन उमित शाक्य, राजेन्द्र शाक्य, विपना ब्लोन, स्वस्थानी श्रेष्ठ र भावना सुनुवार छन् ।