केभीकेएसएस अन्तरविद्यालय बास्केटबल

ग्रिनल्यान्ड र किङडम फाइनलमा

काठमाडौं । ग्रिनल्यान्ड र किङडम चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा सम्पन्न खेलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२-३० ले पराजित गर्यो ।ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १३ अंक योगदान गरे । साङबुको ३१ अंक सहयोगमा किङडमले लोयल्टीलाई ४८-३२ ले हरायो ।

सिनियर गर्ल्सको उपाधिका लागि भ्याली पब्लिक र एचएचसीए भिड्ने भएका छन् । भ्याली पब्लिकले पृथ्वीमाथि २१-६ को सहज जित दर्ता गर्यो । भ्याली पब्लिककी मुस्कान गुरुङले ८ स्कोर गरिन् । एचएचसीएले ग्रिनल्यान्डलाई १९-१० ले पन्छायो । एचएचसीएका लागि रेश्मा तामाङले ७ अंक जोडिन् । फाइनल बुधबार हुनेछ ।