नेपाल उमा कुङ्फु संघ

उमा कुङ्फु संघको अध्यक्षमा गिरी

काठमाडौं । नेपाल उमा कुङ्फु संघको अध्यक्षमा पेरिसराज गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।

बिहीबार राजधानीमा सम्पन्न संघको प्रथम भेलाबाट गिरी पहिलो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । उनको अध्यक्षतामा ९ नयाँ कार्यसमिति गठन भएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा बालकृष्ण ओली, सचिवमा बालकुमारी पाख्रिन र कोषाध्यक्षमा एली गिरी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा उज्वल खड्का, प्रमिला कार्की, ज्योतीराज गिरी, गोविन्द बुढाथोकी र उद्धव कार्की चुनिए ।

उक्त कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष सिदार्थ लामा र बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य हिक्मत थपलियालगायतको उपस्थिति थियो ।