नेपालको केन्या भ्रमण

नेपाल फिल्डिङमा, टिममा एक परिवर्तन

नौरबी । केन्याविरुद्धको दोस्रो ट्वान्टी २० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय गरे ।

नेपालले केन्यासँग पाँच खेलको ट्वान्टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो  ।

नेपाल र केन्याबीचको ट्वान्टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् । दोस्राे खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । पहिलो खेलका विवेक यादवको ठाउँमा बसिर अहमेदले मौका पाएका छन् ।

केन्याविरुद्ध नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, बसिर अहमेद, पवन सर्राफ, आदील आलम