एनएसजेएफ

एनएसजेएफको जित

काठमाडौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले म‌गलबार  मैत्रीपूर्ण फुटसलमा अन्नपूर्ण ब्रसेल्स क्लबमाथि ५–४  को जित निकालेकाे छ । 

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । मैत्रीपूर्ण खेलको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए । 

विजेता टोलीलाई  नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गरे । 

सो अवसरमा उनले विदेशमा रहेर पनि खेल क्षेत्रमा सक्रिय नेपालीहरूको प्रशंसा गर्दै नेपाली खेलकुद विकासका लागि सरकारले पनि नयाँ योजना अगाडि बढाइरहेको बताए । 

नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देवेन्द्र सुबेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यहरूको प्रसंशा गरे । 

अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आपूmहरू सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गरेका थिए । 

सन् २०१० देखि स्थापित सो क्लबले फुटबल र म्याराथनका प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।