इङ्लिस प्रिमियर लिग

स्पान्स टोटनहममा

लन्डन । इङलिस प्रिमियर लिगको क्लब टोटनहमसँगको सम्झौता प्रक्रिया पूरा गरेसँगै मिडल्सब्रोका डिअड स्पान्सले समर्थकलाई निराश नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्पान्सलाई टोटनहमले १२.५ मिलियन पाउन्डमा पाँच वर्षका लागि अनुबन्ध गरेको हो । गत सिजन उनले मिडल्सब्रोबाट लोनमा नटिङघम फरेस्ट गएका थिए ।जाहाँ उनले ४२ खेल खेले । नटिङघम च्याम्पियनसिपको प्लेअफ जित्दै प्रियिर लिगमा बढुवा भएको थियो । उनी टोलीका प्रमुख खेलाडी रहेका थिए ।
उनले एफए कपको चौथो चरणमा प्रिमियर लिगको क्लब लेस्टर सिटीमाथि ४१ को जित निकालेको खेलमा गो समेत गरेका थिए ।

‘शीर्ष क्लबबाट प्रिमियर लिग खेल्न पाउनु विशेष अवसर हो । ठूलो क्लबबाट शीर्ष लिग खेल्ने मेरो सपना पूरा हुँदैछ',उनले भने, 'च्याम्पियन्स लिग खेल्ने सपना पनि पूरा हुने भएको छ । म निकै उत्साही छु । '

जारी सिजन एन्टोनीयो कोन्टेमा अनुबन्ध हुने स्पान्स छैटौं खेलाडी हुन् । यसअघि टोटनहमले इभान पेरिसिच, फ्रासर फ्रोस्टर, युभेस विसौमा, रिचार्लिसन र क्लेमेन्टलाई भित्राइसकेको छ ।