इङ्लिस प्रिमियर लिग

पर्किन्स भित्राउन लिड्स इच्छुक

लन्डन । इङलिस प्रिमियर लिगको क्लब लिड्स युनाइटेड वेस्ट हमका स्ट्राइकर सोन्नी पर्किन्सलाई अनुबन्ध गर्न इच्छुक देखिएको छ । 

यसअघि पर्किन्सलाई अनुबन्ध गर्न टोटनहमले पनि इच्छा देखाएको थियो । यत सिजन इङ्लिस प्रिमियर लिगको क्लब वेस्ट हमसँगको सम्झौता सकिएसँगै लिड्सले पर्किन्सलाई अनुबन्ध गर्ने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पर्किन्सलाई क्लबमा अनुबन्ध गर्न लिड्स आकर्षक रकम खर्चन तयार भएको हो ।

१८ वर्षीय युवा खेलाडी पर्किन्सलाई भित्राउने दौडमा गत महिना लिड्सँगै टोटनहम र एस्टन भिल्ला पनि थिए । अहिले भने सो दौडमा लिड्समात्र रहेको छ ।
पर्किन्सले पनि लिड्समै अनुबन्ध हुने चाहना व्यक्त गरेका छन् ।