वुद्धिचाल संघ

बुद्धिचाल संघको अध्यक्षमा विदुर निर्विरोध

काठमाडौं । नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुर गौतम निर्विरोध चयन भएका छन् । सोमबार सम्पन्न संघको सातौं साधारण सभाले गौतमको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल निर्वाचित हुँदा उपाध्यक्ष र  सदस्य पदका लागि भने निर्वाचन हुने भएको छ ।

यस्तै, महासचिवमा धरमबहादुर लामा, सचिवमा मोनालिसा खम्बु, भुपेन्द्र निरौला र उमेश केसी, कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन, सहकोषाध्यक्षमा यज्ञप्रसाद पन्त चुनिएका छन् । सदस्यहरुमा राजीव कार्की, मनोज घिमिरे, कृष्णप्रसाद सिग्देल, याईशाष याशिर खम्बु, प्रवीणबहादुर भडेल, रामकिशोर सिंह पराग, विकास कार्की र पार्वती श्रेष्ठबीच निर्वाचन हुनेछ ।

यसैगरी प्रदेश एकको सदस्यमा दिपेन राई, मधेशबाट सुरेन्द्रकुमार शाह, बाग्मतीबाट निरन्जन प्रजापति, गण्डकीबाट महेश्वर अधिकारी, लुम्बिनीबाट चन्द्रमणी गैरे, कर्णालीबाट शक्तिराम बुढा र सुदूरपश्चिमबाट गोपालप्रसाद श्रेष्ठ निर्वाचित भए ।