फुटसल

एन्जल्स कप फुटसल भोलिदेखि

काठमाडौं । प्रथम एन्जल्स एसइई कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको भएको छ । एन्जल्स हार्ट कलेजको आयोजनामा हुने प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

अध्यक्ष पुनले क्रिकेट, भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएको एन्जल्स हार्टले पहिलो पटक फुटसल आयोजना गर्न लागेको बताए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

साथै एन्जल्समा प्लस टु अध्ययन गर्न चाहेमा पहिलो हुनेलाई १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति पनि प्रदान गरी एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जानकारी दिए ।

चारदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुने आयोजकले बताएको छ ।