राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई

बिर्तामोड । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । 

उनले हेवी वेटतर्फ डेविडलाई हराउँदै उपाधिको जितेका हुन् । टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा सम्पन्न प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते । उनले उपाधिसहित नगद एक लाख  रुपैयाँ प्राप्त गरे । डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् ।

ट्याग टिम म्याचमा टुप्पी ग्याङ विजेता बन्यो । उपाधिसहित टुप्पी ग्याङले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । उनीहरुले  स्पाइडर म्यानको टिमलाई हराएका थिए ।

यस्तै, मिडल वेट म्याचको च्याम्पियन साइन बने । बाकालाई हराउँदै उपाधि जितेका साइनले ९५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला म्याचको विजेता आकृति बनिन् । उनले ७० हजार रुपैयाँ जितिन् । आकृतिले तनुलाई हराएकी थिइन् ।

लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेता बने । सिजे वर्ल्ड

लाई हराएका उनले ६० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल रिङ रेस्लिङ संघले संयोजन गरेको प्रतियोगिता पहिलोपटक प्रदेश १ मा आयोजना भएको हो ।

प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुर्व आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, नेकपा एमालका नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

विभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरुबीच भएको प्रतियोगिता ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा आयोजना गरिएको हो ।