कराते

एसकेडियुएनका खेलाडी सर्बिया प्रस्थान

सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८ औं एसकेडियुएन बिश्व सोतोकान कराते च्यामिपयनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले अन्तराष्ट्रिय बिमानस्थलमा शुभकामना सहित बिदाई गरे ।

चार दिनसम्म हुने च्याम्पियनसिपमा संघका उपाध्यक्ष बद्रिबहादुर महतको नेतृत्वमा ८ खेलाडीलाई बिदाई गरिएको हो । संघका अध्यक्ष धिर्ज तामाङ्ग पोर्चुगलमा रहेकाले उतैबाट सर्विया प्रस्थान गर्ने महासचिव श्रेष्ठले जानकारी गराए । 
सर्विया जाने टोलीमा चित्र बहादुर श्रेष्ठ, पञ्चराम लामा, रामनारायण श्रेष्ठ, फुर जङ्गबु लामा, राजु गिरी, मिलन बि.क., राजु दनुवार र निक्सन लामा रहेका छन् ।