उपमेयर कप राष्ट्रिय महिला फुटबल

ललितपुर राष्ट्रिय महिला लिगका लागि छनोट

काठमाडौं । निर्मला विकको निर्णायक गोलप्रेरित ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा सम्पन्न खेलमा समूहकै बलियो प्रतिस्पर्धी देखिएको झापाको कन्काइ नगरपालिकाविरुद्ध जित निकाल्न ललितपुरको लागि निर्मलाले दोस्रो मिनेटमा नै गरेको गोल पर्याप्त रह्यो । 

दोस्रो सेमिफाइनलमा धनगढी उपमहानगरपालिका र कैलालीको गौरीगंगाबीच प्रतिस्पर्धा भइरहेको छ । 

यी दुईबीचको विजेताले आइतबार ललितपुरसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

  कात्तिक ४ गतेबाट सुरुबाट सुरु भएको प्रतियोगितामा ३१ टोलीको सहभागिता रहेको थियो ।           

प्रतियोगिताको विजेता र उपविजेता टोलीले पुसमा हुने राष्ट्रिय महिला लिग खेल्नेछन् ।                                               
उपमेयर कपको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।