कतार विश्वकप २०२२

स्पेनिस टिमलाई प्रशिक्षक एनरिकेको चेतावनी

मड्रिड । स्पेनका प्रशिक्षक लुइस एनरिकेले अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गर्न आइतबार सर्वियाविरुद्ध बराबरी गरे पुग्ने भए पनि टोली जितका लागि मैदान उत्रने बताएका छन् ।

बिहीबार राती भएको खेलमा ग्रिसलाई १–० ले पराजित गर्दा शीर्ष स्थानको स्विडेनले जर्जियालाई २–० ले नतिजा सुम्पिएपछि स्पेन विश्वकपको टिकट लागि स्विडेनविरुद्ध बराबरी गरे पुग्ने अवस्थामा पुगेको थियो ।

‘आइतबार हुने खेलमा हामी अन्य समय जस्तै गरी जितका लागि मैदान उत्रिनेछौं र जित हासिल गर्नेछौं । हाम्रा सबै प्रतिद्वन्द्वी माथिल्लो स्तरका छन् । उनीहरुलाई हाम्रो टोलीबारे राम्रो ज्ञान छ,’ एनरिकेले भने, ‘हाम्रो लागि समर्थक १२औं खेलाडी बन्नेछन् भन्ने आशा गरेको छु । मलाई लाग्छ, हामीले ग्रिसविरुद्ध अझ राम्रो प्रदर्शन गर्न सक्थ्यौं । हामीले कडा मिहिनेत गर्ने टोलीविरुद्ध जित निकाल्यौं । यसका लागि खेलाडीहरुलाई धन्यवाद ।’

स्पेन र स्विडेनविरुद्धको खेल आइतबार सेभियास्थित स्टेडियो ला कार्टुजामा हुँदैछ ।