लिभरपुल

तत्काल लिभरपुल नछाड्ने क्लोपको संकेत

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले तत्काल क्लब छाड्ने सोचमा नरहेको संकेत गरेका छन् ।

क्लोपले छाड्न दबाब नआएसम्म लिभरपुलमै रहने र समरपछि मात्र क्लब छोड्न चाहेकोे स्पष्ट पारे। लगातार खराब प्रर्दशनबाट गुर्जिरहेको लिभरपुल प्रिमियर लिगमा २८ अंकसहित नवौँ स्थानमा छ । 
‘चाडै नै प्रबन्धक टोलि र धेरै कुरामा परिवर्तन आउँछ । यद्यपी, मलाई कसैले छाड्न नभनेसम्म क्लब छोड्दिन’, क्लोपले भने ‘केके परिवर्तन हुन्छ हामीले चाडै नै थाहा पाउछौँ । आउदो समरसम्म म क्लबमै रहन्छु । अहिले लिभरपुल छोडुने सोच बनाएको छैन। मलाई सोच्न केहिसमय चाहिन्छ । तर, अहिले हामीले राम्ररो खेलिरहेका छौँ ।’


प्रिमियर लिग अन्र्तगत शनिबार लिभरपुलले ब्राइटनसँग ३–० को लज्जास्पद हार ब्यहोरेको थियो । उक्त हार क्लोपले अहिलेसम्म कै खराब प्रर्दशन रहेको टिप्पणी गरेका थिए । 


‘मेरो विचारमा सबै जना इमान्दार हुनुपर्छ । तर, म धेरै इमान्दार छैन’, क्लोपले भने ‘पछिल्लो ३५ खेलमा सुरुआती गोलका लागि लिभरपुल निक्कै संर्घषरत छ । जसमध्ये लिभरपुलले २१ पटक खेलमा सुरुवाती गोल गर्न असफल रह्यो ।’
 

एफए कप अन्तर्गत  लिभरपुलले मंगलबार राति उल्भसँग प्रतिस्पर्धा गर्दैछ ।