रोमा

क्लब प्रशिक्षणमा फर्किए विज्नाल्डम

लिस्बन । चोटका कारण कतार विश्वकप २०२२ गुमाएका नेदरल्यान्ड्सका मिडफिल्डर जर्जिनियो विज्नाल्डम एएस  रोमाको प्रशिक्षणमा फर्किएका छन ।

इटालियन सिरी ए को क्लब रोमाले हाल पोर्चुगलमा प्रशिक्षण गरिहेको छ । रोमा बिहिबार इटाली फर्कनेछ ।

कतार विश्वकप सुरु हुनुभन्दा भन्दा  एक महिनाअघि प्रशिक्षणका क्रममा दाहिने खुट्टा भाँचिएपछि विजनाल्डमले नेदरल्यान्ड्सको टोलीमा स्थान बनाउन नसकेका हुन ।

नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

यही सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लोनमा रोमा पुगेका विज्नाल्डमले टोलीका लागि ११ मिनेट मात्र खेल्ने अवसर पाएका छन ।

विज्नाल्डमले अन्तर्राष्ट्रिय विश्राम लिग सुरु हुँदा आफुले पर्याप्त मौका पाउने अपेक्षा गरेका छन । पोर्चुगलमा रोमाले काडिज,कासा पिया र आरकेसी वालविजेकसँग समान एक मैत्रीपूर्ण खेल खेल्नेछ । 
 

१५ खेलमा २७ अंकका साथ सिरी एको सातौं स्थानमा रहेको रोमाले अन्तर्राष्ट्रिय विश्रामछिको पहिलो खेल जनवरी चारमा बोलोग्नासँग खेल्नेछ ।