फाल्गुन ७, २०८२ बिहीबार | ०५:२९:१०
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट
शनिबारको दिन कतार विश्वकप २०२२

फ्रान्सको फाइनल यात्रा

कतार विश्वकप २०२२ को फाइनलमा साबिक विजेता फ्रान्सले अर्जेन्टिनाको सामना गर्नेछ ।

लुसेल स्टेडियम दोहामा नेपाली समयअनुसार राति ८ः४५ बजे अर्जेन्टिनाविरुद्ध मैदान उत्रँदै गर्दा फ्रान्सको लक्ष्य उपाधि रक्षा हुनेछ ।

अर्जेन्टिनाविरुद्ध फ्रान्सका केलियन एमबाप्पे केन्द्रभागमा हुनेछन् । एमबाप्पेलाई ओलिभर जिरोड, एन्टोनी ग्रिजमनलगायतका खेलाडीले साथ दिनेछन् ।

लगातार दोस्रो तथा समग्रमा तेस्रोपल्ट विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको फ्रान्सलाई अर्जेन्टिनाका लियोनल मेसी, जुलियन अल्भारेज, एन्जल डी मारियाजस्ता खेलाडीलाई रोक्न सहज भने छैन ।

फाइनलसम्मको यात्रामा फ्रान्सले १३ गोल गर्दा ५ गोल बेहोरेको छ ।

फ्रान्सका लागि एमबाप्पेले ५, जिरोडले ४ तथा एड्रियन राबिटो, ओरेलियन चुवामोनी, थिओ हर्नान्डेज र रान्डल कोलो मुवानीले समान एक गोल गरेका छन् ।

हालसम्म फ्रान्स एक खेलमा मात्र क्लिन सिट राख्न सफल भएको छ । यो फ्रान्सका लागि चिन्ताको विषय हुनसक्छ ।

हालसम्म ६ खेल खेल्दा फ्रान्सले ५ पहेँलो कार्ड बेहोरेको छ ।

यस्तो छ फ्रान्सको यात्रा

समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले हराउँदै फ्रान्सले विश्वकपको सानदार सुरुआत गरेको थियो ।

फ्रान्सका ओलिभर जिरोडले २, एमबाप्पे र राबिटोले समान एक गोल गर्दा अस्ट्रेलियाका क्राएग गुडविलले गोल गरेका थिए ।

समूह चरणको दोस्रो खेलमा डेनमार्कलाई २–१ ले पराजित गर्दा फ्रान्सबाट दुवै गोल एमबाप्पेले गरेका थिए । डेनमार्कका आन्द्रेस क्रिस्टियनसनले एक गोल फर्काएका थिए ।

समूह चरणको अन्तिम खेलमा आफ्नो दोस्रो रोजाइको टोली उतारेको फ्रान्स ट्युनिसियासँग १–० ले पराजित भयो । ट्युनिसियाका वाहबी खजारीले विश्व च्याम्पियनविरुद्ध निर्णायक गोल गरेका थिए ।

अन्तिम १६ मा फ्रान्सले पोल्यान्डसँग ३–१ को जित निकालेको थियो ।  फ्रान्सबाट एमबाप्पेले दुई र जिरोडले एक गोल गर्दा पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।

क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ पराजित गर्दा फ्रान्सका लागि ओरेलियन चुवामोनी र जिरोडले गरेका थिए । इङ्ल्यान्डका ह्यारी केनले गोल फर्काएका थिए ।

सेमिफाइनलमा मोरक्कोमाथि २–० को जित पाउँदा फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा स्थान बनाउन सफल भयो । फ्रान्सका थिओ हर्नान्डेज र रान्डल कोलोले गोल गरेका थिए ।