टेस्ट

बंगलादेश चार सय ७१ रनले पछाडी

चट्टोग्राम । भारतविरुद्धको पहिलो टेस्टको तेस्रो दिनको समाप्ती हुँदा बंगलादेश चार सय ७१ रनले पछि परेको छ ।

जाहुर अहमेद चौधरी स्टेडियममा जितका लागि पाँच सय १३ रनको लक्ष्य पछ्याएको बंगलादेशले तेस्रो दिन विना कुनै विकेट गुमाउँदै  ४२ रन बनायो । बंगलादेशका लागि अविजित रहेका नजमुल हुसेन सान्तोले २५ र जाकिर हसनले १७ रन बनाएर खेलिरहेका छन ।

बंगलादेशले शनिबार यही अवस्थाबाट चौथो दिनको सुरुआत गर्नेछ । पहिलो इनिङमा भारतले सबै विकेट गुमाउँदै चार सय चार रन बनाएको थियो । त्यस्तै बंगलादेश १५० रन मा समेटिएपछि भारतले पहिलो इनिङमा दुई सय ५४ रनको अग्रता लिएको थियो ।  

२५८–२ को अवस्थामा भारतले दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि बंगलादेशले पाँच सय १३ रनको लक्ष्य प्राप्त गरेको थियो । भारतका लागि शुभमन गिलले एक सय ५२ बलमा १० चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय १० रनको योगदान दिए ।

त्यस्तै चेतेश्वर  पुजाराले  ले एक सय ३० बलमा १३ चौका मद्दतमा अविजित एक सय दुई, कप्तान केएल राहुलले २३ र विराट कोहलीले अविजित १९ रन जोडे ।

बंगलादेशका मेहदी हसन र खालिद अहमेदले समान एक विकेट लिए ।