मंसिर २८, २०८२ आइतबार | ०४:३३:३७
यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार
शनिबारको दिन कतार विश्वकप २०२२

फाइनलका हेर्नलायक खेलाडी

काठमाडौं । कतार विश्वकपको फाइनल भोलि आइतबार हुँदै छ । दोहास्थित लुसेल स्टेडियममा हुने फाइनलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य तेस्रो पटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रोपल्ट विश्वकप ट्रफी उचाल्ने दाउमा छ । यसअघि फ्रान्स सन् १९९८ र २०१८ मा च्याम्पियन भएको थियो । अर्जेन्टिना सन् १९७८ र १९८६ मा च्याम्पियन भएको थियो ।

फाइनलका हेर्नलायक ६ खेलाडी

लियोनल मेसी (अर्जेन्टिना)

कतार विश्वकपमा सबैको नजर मेसीमाथि छ । मेसीले यो विश्वकप नै आफ्नो अन्तिम भएको बताएका छन् । जारी विश्वकपमा ३५ वर्षीय मेसीले ५ गोल गरिसकेका छन् । यसैगरी तीन पास उपलब्ध गराएका छन् । मेसीले साउदी अरेबिया, मेक्सिको, अस्ट्रलिया, नेदरल्यान्ड्स, क्रोएसियाविरुद्ध एक–एक गोल गरेका थिए । त्यसमा तीन गोल पेनाल्टीमा सम्भव भए । अग्रपंक्तिमा आवश्यकताअनुसार रहँदै मेसी अधिकांश समय मिडफिल्डर झरेर खेलिरहेका हुन्छन् । जसमा उनीसँगै अर्जेन्टिना सफल भएको छ ।  मेसीले अर्जेन्टिनाबाट १ सय ७१ खेलमा ९६ गोल गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका मेसी सन् २०१४ मा समेत फाइनल पुगेर उपाधिबाट विमुख भएका थिए ।

केलियन एमबाप्पे (फ्रान्स)

युवा स्ट्राइकर केलियन एमबाप्पे जारी कतार विश्वकपमा निकै लयमा छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलाडी एमबाप्पेले ५ गोल गरिसकेका छन् । उनी मेसीसँगै गोल्डेन बुटको दौडमा छन् । साबिक विजेता फ्रान्सका २३ वर्षीय एमबाप्पेले डेनमार्क र पोल्यान्डविरुद्ध समान दुई गोल गर्दा अस्टे«लियाविरुद्ध एक गोल गरेका थिए । एमबाप्पे बल नियन्त्रणमा राख्दै तीव्र गतिमा दौडन, फिनिसिङ गर्न र पास निकाल्नमा माहिर छन् । सेमिफाइलनमा मोरक्कोविरुद्ध गोलविहीन भए पनि दुवै गोलमा एमबाप्पेको योगदान रहेको थियो । सन् २०१७ देखि राष्ट्रिय टोलीमा रहेका एमबाप्पेले ६६ खेलमा ३३ गोल गरेका छन् । एमबाप्पे लगातार दोस्रोपल्ट विश्वकप जित्ने संघारमा छन् ।

ओलिभर जिरोड (फ्रान्स)

अनुभवी स्ट्राइकर ओलिभर जिरोडले जारी विश्वकपमा ४ गोल गरेका छन् । ३६ वर्षीय जिरोडले टोलीका मुख्य खेलाडी करिम बेन्जेमा घाइते भएपछि सेटमा स्थान बनाएका हुन् । फाइनलमा पनि प्रशिक्षक डिडियर डेस्च्याम्पसले एमबाप्पे र एन्टानी ग्रिजमनसँगै जिरोडलाई अग्रपंक्तिमा विश्वास गर्नेछन् । पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध दुई गोल गरेका जिरोडले पोल्यान्ड र इंग्ल्यान्डविरुद्ध एक–एक गोल गरेका थिए । सन् २०११ बाट राष्ट्रिय टोलीमा रहेका जिरोडले फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बन्दै एक सय १९ खेल खेल्दा ५३ गोल गरिसकेका छन् ।

जुलियन अल्भारेज (अर्जेन्टिना)

पहिलो खेलमा साउदी अरेबिया र दोस्रो खेलमा मेक्सिकोविरुद्ध बेन्चबाट स्थान बनाएका जुलियन अल्भारेज त्यसयता टोलीका ४ खेलमा ‘प्लेइङ सेट’ छन् । सुरुआती दुई खेलमा मुख्य स्ट्राइकर लाउटारो मार्टिनेज स्वाभाविक लयमा नदेखिएपछि प्रशिक्षक लियोनल स्कालोनीले अल्भारेजलाई मौका दिएका जिए । बाँकी ४ खेलमा उनले ४ गोल गरेका छन् । पोल्यान्ड र अस्ट्रेलियाविरुद्ध एक–एक गोल गरेका अल्भारेजले सेमिफाइनलमा क्रोएसियाविरुद्ध दुई गोल गर्दै सर्वाधिक गोलकर्ताको दौडमा चौथो स्थानमा छन् । म्यानचेस्टर सिटीमा आवद्ध २२ वर्षीय अल्भारेजले अर्जेन्टिनाबाट सन् २०२१ डेब्यु गरेयता १८ खेलमा ७ गोल गरेका छन् ।

इमिलियानो मार्टिनेज (अर्जेन्टिना)

विश्वकपमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । अर्जेन्टिनाले फाइनल यात्रा तय गर्दा तीन ‘क्लिन सिट’ राखे । अर्जेन्टिना सन् २०२१ को कोपा अमेरिका च्याम्पियन हुँदा पनि मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । उपाधिसँगै ‘गोल्डेन ग्लोभ्स’ जितेका मार्टिनेज अर्जेन्टिनाको नियमित र अनुभवी गोलरक्षक भइसकेका छन् । पछिल्लो समय उत्कृष्ट प्रदर्शनसँगै २०२० देखि प्रिमियर क्लब एस्टन भिल्लासँग अनुबन्ति छन् । विश्वकप फाइनलमा फ्रान्सका एमबाप्पे, ओसमाने डेम्बेले, ओलिभर जिरोड, एन्टोनी ग्रिजमन जस्ता अट्याकरको प्रहार रोक्नु चुनौती हुनेछ ।

हुगो लोरिस (फ्रान्स)

क्वाटरफाइनल खेलसम्म खासै लयमा नदेखिएका गोलरक्षक हुगो लोरिस त्यसपछिका खेलमा भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तान तथा गोलरक्षक लोरिसले इंग्ल्यान्ड र सेमिफाइनलमा मोरक्कोविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकपमा लोरिसको एकमात्रै ‘क्लिन सिट’ राखेका छन् । साबिक विजेता टोलीका कप्तान लोरिस लगातार विश्वकप ट्रफी उचाल्ने दाउमा छन् । प्रिमियर लिग क्लब टोटेनहमबाट व्यावसायिक फुटबल खेलिरहेका लोरिसले फ्रान्सबाट १ सय ४४ खेल खेलिसकेका छन् ।