बंगलादेशविरुध्दको खेल सुरु

काठमाडौं, (खेलाडी) - नेपाल र  बगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल दशरथ र‌गशालामा सुरु भएको छ । 

नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटिको कप्तानीमा तीन खेलाडि परिवर्तन गर्दै पहिलो रोजाई मैदान उतारेका छन् ।

जसमा गोलकिपर अन्जना राना मगर, रस्मी घिसिङ र अनिता बस्नेतले पहिलो रोजाईमा मौका पाएका छन । यसअघिको खेलमा एन्जिला तोम्बापो सुब्बा, मन्जली योन्जन र सविता रानालाई माैका दिइएको थियो । 

यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बगलादेश विरुद्ध २-१ को जित हासिल गरेको थियो ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बगलादेशसग मैत्रीपूर्ण  खेल खेल्न लागेको हो ।