नेपालको पहिलो रोजाईमा तीन खेलाडी परिर्वतन

काठमाडौं, (खेलाडी)- बंलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पहिलो रोजाईमा तीन खेलाडी परिर्वतन भएका छन् । 

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बिहीबार भएको पहिलो मंत्रीपूर्ण खेलमा मैदान उतारेका गोलकिपर एन्जिला तुम्बाप्पे सुब्बा, सविता राना र मन्जली योन्जनलाई बेन्चमा राखेका छन् । अन्जना राना मगरले आजको खेलमा पोस्ट सम्हाल्नेछिन भने अनिता बस्नेत र रश्मी घिसिङले पहिलो रोजाईमा मौका पाएका छन् । 

यसैगरी पहिलो रोजाईमा पुजा राना, गिता राना, अमृता जैसी, हिराकुमारी भुजेल, सरु लिम्बु, प्रिती राई, रेणुका नगरकोटी (कप्तान), अनिता बस्नेत, रश्मी घिसिङ र विमला चौधरी छन् ।