भारत कतारसँग १-० ले पराजित 

काठमाडौं, (खेलाडी)- कतार विश्‍वकप २०२२ को एसियाली छनोट अन्तर्गत समूह ‘बी’ मा सतप्रतिसत नतिजायात्रालाई कायम राख्‍ने क्रममा अस्ट्रेलियाले बिहीबार कुवेतलाई पराजित गरेको छ ।

कोभिड १९ महामारीका कारण समूह ‘बी’ अन्तर्गत दोस्रो लेगका बाँकी खेल सेन्ट्रल भेन्युका रुपमा कुवेतमा खेलाइएको थियो । जहाँ पाँच खेलसम्म अविजित यात्रालाई निरन्तरता दिने क्रममा अस्ट्रेलियाले ३-० को जित हासिल गर्‍यो । 

यस जितपछि १५ अंकका साथ अस्ट्रेलिया शीर्ष स्थानमा यथावत छ भने कुवेत १० अंकका साथ दोस्रो स्थानमा छ । 

यता समूह ‘ए’मा बहराइनले कम्बोडियामाथि ८-० को जित हात पार्दा ‘सी’मा इरानले हंङकङलाई ३-० ले हरायो ।
 
त्यस्तै दश खेलाडीमा सिमित भएर मैदान छोडेको भारत विश्‍वकप छनोट प्रतियोगितामा गएराति कतारसँग १-० ले पराजित भएको छ । राहुल भेकेले १७औं मिनेटमा दोस्रो पँहेलो कार्ड सामना गरेपछि भारत बाँकी समय दश खेलाडीमा सिमित बनेको थियो । 

३३औं मिनेटमा अब्दुलाजिज हातेमले गरेको गोल कतारको जितमा निर्णायक बन्यो । दोस्रो चरणको छनोटमा समूह ‘इ’मा कतार १९ अंकका साथ शीर्ष स्थानमा छ । भारत चौथो स्थानमा छ ।