स्थगित पिएसएल जुन ९ बाट सुरु हुने

इस्लामाबाद, (खेलाडी)- पाकिस्तन क्रिकेट बोर्ड (पिसिबी)ले कोभिड १९ महामारीको दोस्रो लहरका कारण स्थगित जारी संस्करणको पाकिस्तान सुपर लिग (पिएसएल)का बाँकी खेलहरु जुन ९ बाट सुरु हुने जनाएको छ ।

पिसिबीले बिहीबार एक विज्ञप्ती जारी गर्दै पिएसएला बाँकी खेल जुन ९ बाट संयुक्त अरब इमिरेट्स (युएई)मा सुरु हुने जनाएको हो ।

पहिलो खेलमा लाहोर कलन्दर्स र इस्लामावाद युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएसँगै पिएसएल स्थगित गरेर्र पाकिस्तानबाट युएईको अबुधाबीमा सारिएको थियो । पिएसएलको फाइनल जुन २४ गते हुनेछ । 

प्रतियोगिता लगत्तै पाकिस्तान क्रिकेट टोली इङल्यान्ड भ्रमणमा निस्कने छ ।

प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोलीको आग्रहमा पिसिबीले बाँकी रहेका खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेको थियो ।