सहिद स्मारक ‘बी’ डिभिजन लिग

खुमलटारले बाँसबारीलाई हरायो

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको पहिलो खेलमा खुमलटार युथ क्लबले बाँसबारी क्लबलाई १–० पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २९ मिनेटमा सदीन केसी गरेको गोल नै खुमलटारको जितमा निर्णायक बन्यो ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको खुमलटार तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

तीन खेलबाट एक अंक जोडेको बाँसबरी तालिकाको १३औं स्थानमा छ ।

यसअघि बाँसबारी पहिलो खेलमा सरस्वती युथ क्लबसँग ३–१ ले र दोस्रो खेलमा टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यस्तै, खुमलटारले पहिलो खेलमा रानीपोखरी युथ क्लबलाई ३–१ ले पराजित गर्दा दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २–० ले पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा विरगंज युनाइटेड र सामाजिक युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ । यस्तै, तेस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले मध्यपुर युथ एसोसियसनको सामना गर्नेछ ।