युरोपा लिग

लेस्टर शीर्ष स्थानमा ,नेपाेली मस्काेसँग पराजित

लन्डन । लेगिया वार्सामाथि ३-१ को सहज जितका साथ लेस्टर सिटी युरोपा लिग अन्तर्गत समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार वार्साविरुद्धको खेलअघि लेस्टर लेस्टर पाँच अंकसहित चौथो स्थानमा थियो भने सात अंकसहित नेपोली शीर्ष स्थानमा, ६ अंक बटुलेको वार्सा दोस्रो र चार अंक जोडेको स्र्पाटक मस्को तेस्रो स्थानमा थियो ।

वार्सामाथिको जित र अर्को खेलमा मस्कोले नेपोलीलाई २-१ ले पराजित गरेसँगै ब्रेन्डान रोजर्सको टोली शीर्ष स्थानमा उक्लिएको हो ।

पाँच खेलमा आठ अंक जोडेको लेस्टर शीर्ष स्थानमा उक्दिला समान खेलमा समान सात अंक बटुलेका मस्को र नेपोली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । वार्सा ६ अंकसहित चौथो स्थानमा छ । 
लेस्टरले समूह चरणको अन्तिम खेलमा नेपोलीको भ्रमण गर्नेछ ।

लेस्टरको जितमा पाटसन डका, जेम्स म्याडिसन र वेल्फर्ड एनडिडिले समान एक गोल गरे । वार्साका लागि फिलिप माल्डेनेभिचले सान्त्वना एक गोल फर्र्काए ।