युराेपा लिग

युरोपा लिगमा वेस्ट हमको उत्कृष्ट लय निरन्तर

लन्डन । वेस्ट हमले जारी सिजन युरोपा लिगमा उत्कृष्ट लयलाई निरन्तरता दिने क्रममा र्‍यापिड भियनालाई २-० ले हराउँदै समूह ‘एच’ को शीर्ष स्थान पक्का गरेको छ ।

डेविड मोइसको टोली इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा छ । तर युरोपा लिगमा भने वेस्ट हमले पाँच खेलमा चार जितसहित आफ्नो प्रभाव देखाउँदै आएको छ ।

४०औं मिनेटमा एन्डेइ यार्मोलेन्को र त्यसको पाँच मिनेटपछि मार्क नोब्लेले गरेको गोलमा वेस्ट हमले सजह जित पक्का गरेको हो ।

वेस्ट हमले डिसेम्बर नौ मा डाइनामो जागरेभको सामना गर्नेछ भने र्‍यापिड भियनाले जिंकको सामना गर्नेछ ।

वेस्ट हम पाँच खेलमा १३ अंकसहित समूह एच को शीर्ष स्थानमा छ भने समान खेलमा सात अंक बटुलेको जागरेभ दोस्रो,पाँच अंकसहित जिंक तेस्रो र तीन अंक बटुलेको भियना चौथो स्थानमा छ ।