आइसीसी महिला ट्वान्टी२० विश्वकपको एसिया छनोट

मलेसियामाथि फराकिलो जितको लक्ष्यमा नेपाल

काठमाडौं । आइसीसी महिला ट्वान्टी२० विश्वकपको एसिया छनोटमा नेपालले शुक्रबार चौथो खेलमा मलेसियाको सामना गर्दैछ । 

नेपाल मलेसियामाथि  फराकिलो जितसहित ग्लोबल छनोटमा स्थान पक्का गर्न चाहन्छ । 

नेपाल, युएई, हङकङ, मलेसिया, भुटान र कुवेत गरि ६ टोली सहभागी यस समूहबाट शीर्ष एक टोलीले ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।

नेपाल तीन खेलमा चार अंकसहित दोस्रो स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा  ल्याएको युएई शीर्ष स्थानमा छ । हङकङ चार अंकसहित तेस्रो स्थानमा छ भने समान तीन खेलमा समान दुई अंक जोडेका मलेसिया र भुटान क्रमशः चौथो र पाँचौ स्थानमा छन् । छैटौं स्थानको कुवेतले अंक खाता खोल्न सकेको छैन ।

पहिलो खेलमा हङकङलाई नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा भुटान र तेस्रो खेलमा कुवेतलाई हराएको थियो ।