युइएफए युरोपा लिग

सेभियाका गोलकिपरमाथि आक्रमण

काठमाडौं । युराेपियन फुटबल महासंघ (युइएफए) युरोपा लिगअन्तर्गतको खेलका क्रममा एक फुटबल समर्थकले स्पेनिस क्लब सेभियाका गोलरक्षक मार्को डिमित्रोभिकमाथि आक्रमण गरेका छन् ।

युरोपा लिग अन्तर्गत बिहिबार सम्पन्न अन्तिम ३२ को दोस्रो लेगमा डच क्लब पिएसभी एन्डहोभेनविरुद्ध २-० ले पराजित भएपछि समर्थकले मार्कोमाथि आक्रमण गरेका थिए ।
 

पिएसभीसँग पराजित भए पनि  सम्रगमा ३-२ काे जितसँगै सेभिया अन्तिम १६ मा स्थान बनाउन सफल भयो । सेभियाले पहिलाे लेगमा ३-० को जित निकालेको थियाे । 

एक समर्थकले खेल मैदानभित्रै छिरेर ३१ वर्षीय मार्कोलाई मुक्का प्रहार प्रहार गरेपछि मार्कोले उनलाई मैदानमा लडाएका थिए ।  

‘वास्तममा भन्नु पर्दा मलाई पनि ती समर्थकलाई मुक्का प्रहार गर्ने मन थियो तर यो फुटबल हो बक्सिङ होइन,’ मार्कोले भने,‘ मैले अहिलेसम्म कसैमाथि प्रहार गरेको छैन तर,मलाई आफ्नो सुरक्षा गर्न आउँछ । फुटबल वा जिवनमा यस्तो घटना घट्नु राम्रो होइन । यस्ता कार्यमा संग्लग्नलाई कारवाही हुनुपर्छ ।’