स्विट्जरल्यान्ड

पोर्चुगलसँगको लज्जास्पद हारपछि साकिरीले मागे माफी

लुसेल । स्विट्जरल्यान्डका विंगर यर्दन साकिरीले पोर्चुगलविरुद्धको लज्जास्पद हारपछि माफि मागेका छन् ।

गएराति सम्पन्न अन्तिम १६ को खेलमा स्विट्जरल्यान्ड पोर्चुगलसँग ६–१ को फराकिलो हारसँगै  विश्वकपबाट बाहिरिएको थियो । 

सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा नराखिएको खेलमा पोर्गुगलले उनको स्थानमा खेलाइएका २१ वर्षे स्ट्राइकर गोन्सालो रामोसले जारी विश्वकपकै पहिलो ह्याट्रिक पूरा गरे ।

दोस्रो हाफमा पोर्चुगलले थप चार गोल गर्दा स्विट्जरल्यान्डले एक गोल मात्र गर्न सफल भयो । 

हामी सबै निराश छौँ । स्विट्जरल्यान्डका सबै समर्थकहरुसँग म माफि माग्न चाहान्छु, किनकी हामीले राम्रो गर्न सकेनौ, साकिरीले भने,पोर्चुगल जस्तो राम्रो टिमसँग हामी पहिनो हाफमै पराजित भइसकेका थियौँ । तपाईँले पोर्चुगलको गोलहरु देख्नुभयो । सबै गोल उत्कृष्ट थिए । हामीले हाम्रो गल्तीबाट पाठ सिक्नुपर्छ र आगामी दिनमा राम्रो गर्नुपर्छ ।