आइसिसी विश्वकप क्रिकेट लिग टु

नामिबियाको सामन्य सुरुवात

काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीयमा  घरेलु टोली नामिबियाले आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध सामान्य सुरुवात गरेको छ ।

युनाईटेड  क्रिकेट क्लब गाउन्डमा  हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले  २५ ओभर सकिँदा  दुई विकेट गुमाउँदै ८१ रन बनाएर  खलिरहेकाे छ । 

 नामिबियाका लागि कप्तान जेर्हार्ड इरास्मस ५०  बलमा एक चौकाद्दतमा अविजत  २६  तथा   माइकल  भान लिनगन ४१ बलमा २१ रन बनाएर खेलिरहेका छन् ।

त्यस्तै डिभान ला ककले १८ र  लो हेन्डर लरेन्सले १४ रन जोडे ।

नेपालका सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए ।

नेपाल २२ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । नामिबिया भने २९  खेलबाट ३५ अंक जोड्दै तेस्रो स्थानमा छ ।

सिरिजको पहिलो खेलमा नामिबियासँगका खेल वर्षा बाधक बन्दा अंक बाँडेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटको नतिजा सुम्पिएको थियो ।
यता नामिबियाले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई चार विकेटको नतिजा सुम्पिएको थियो । तेस्रो खेलमा सोमबार भने नामिबियाले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।

नेपाल र नामिबियाले एक अर्काविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका खेलेका छन् । दुई खेल नामिबियाले जित्दा एक खेल भने बर्षाका कारण रद्द भएको छ ।