बायर्न म्युनिख

मुसियला बायर्नको प्रमुख खेलाडी बन्नेछनः ओलिभर कान

बर्लिन । बायर्न म्युनिखका सिइओ ओलिभर कानले युवा स्ट्राइकर जमाल मुसियला भविष्यमा टोलीको प्रमुख खेलाडी बन्ने विश्वास व्यक्त गरेका छन् ।

बुन्डेसलिगमा प्रभावशाली सुरुआत गरेका मुसियलाले बयर्नका लागि नौ गोल गर्नुका साथै ६ गोलका लागि अवसर सिर्जना गरेका छन ।

‘मुसियलाले निरन्तर रुपमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन’जर्मनीका पूर्व गोलकिपरसमेत रहेका कानले भने‘मलाई विश्वास छ उनी भविष्यमा बार्यनको प्रमुख खेलाडी बन्नेछन ।’

जर्मनी कतार विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिए पनि १९ वर्षीय मुसियलाको प्रदर्शन भने सन्तोषजनक थियो । उदयीमान खेलाडी मुसियलाले एक गोलका लागि अवसर सिर्जना गरेका थिए । मुसियला र बायर्नबीचको सम्झौता २०२६ सम्म छ ।