पोर्चुगल

रोनाल्डोसँगको सम्बन्धमा कुनै समस्या आएको छैनः सान्तोस

दोहा । पोर्चुगलका प्रशिक्षक फनान्डो सन्तोषले कप्तान क्रिस्टियानो रोनाल्डो र आफुबीच कुनै समस्या नभएको बताएका छन् ।

सान्तोसले कतार विश्वकप २०२२ को अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलमा  रोनाल्डोलाई  पहिलाे राेजाइमा राखेका  थिएनन् ।

रोनाल्डो ७३ औं मिनेटमा याओ फेलिक्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।

दक्षिण कोरियाविरुद्धको समूह चरणको अन्तिम खेलमा परिवर्तन गरेपछि रोनाल्डोले देखाएको व्यबहार आफुलाई मन नपारेकाले स्विट्जरल्यान्डविरुद्धको खेलमा उनलाई पहिलाे राेजाइमा नराखिएको सान्तोसले बताएका थिए  ।  रोनाल्डोले २००८ पछि पहिलोपटक प्रमुख प्रतियोगितामा वैकल्पिक खेलाडीको रूपमा खेलेका थिए ।

पोर्चुगलले रोनाल्डाको स्थानमा गान्सालो रामोसलाई टोलीमा मौका दिएको थियो । रामोसको ह्याट्रिकपेरित पोर्चुगलले स्विट्जरल्यान्डलाई ६–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । रामोस जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

‘मैल खेल अगाडी पनि भनेको थिए, रोनाल्डो र मेरोबीचमा कुनै समस्या छैन’ सान्तोसले भने‘ रोनाल्डो र मेरो सम्बन्ध बलियो छ र यो संधै रहिरहन्छ ।’

पोर्चुगलले क्वार्टरफाइनलमा शनिबार मोरोक्को सामना गर्नेछ । मोरोक्को स्पेनलाई पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले पराजित गर्दै पहिलो पटक विश्वकपमो क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।