आइसिसी विश्वकप क्रिकेट लिग टु

टस जितेर नेपाल फिल्डिङमा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीयमा नेपालले आफ्नो तेस्रो दोस्रो घरेलु टोली नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

नेपाल २२ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । नामिबिया भने २९  खेलबाट ३५ अंक जोड्दै तेस्रो स्थानमा छ ।

सिरिजको पहिलो खेलमा नामिबियासँगका खेल वर्षा बाधक बन्दा अंक बाँडेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटको नतिजा सुम्पिएको थियो ।
यता नामिबियाले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई चार विकेटको नतिजा सुम्पिएको थियो । तेस्रो खेलमा सोमबार भने नामिबियाले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।

नेपाल र नामिबियाले एक अर्काविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका खेलेका छन् । दुई खेल नामिबियाले जित्दा एक खेल भने बर्षाका कारण रद्द भएको छ ।