पिएसएल

पिएसएलको ड्राफ्टमा तीन नेपाली खेलाडी

काठमाडौं । पाकिस्तान सुपर लिग ( पिएसएल) २०२३ का लागि सर्वाजनिक भएको ड्राफ्टमा तीन नेपाली खेलाडी परेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले बुधबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका अर्जुन साउद, सोमपाल कामी र सुवास खकुरेल अटाएका हुन।

तीनै खेलाडी विदेशी कोटाको सिल्भर श्रेणीमा परेका हुन ।  पिएसएलको आठौं संस्करणका लागि डिसेम्बर १५ मा अक्सन हुनेछ  । 

प्रतियोगिता २०२३ फेर्बुअरी ९ बाट हुने तालिका रहेको छ ।  प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ ।