इङ्ल्यान्ड

एमबाप्पेमा मात्र केन्द्रित हुनुहुँदैनः लुक स

दोहा । इङ्ल्यान्डका रक्षक लुक शले कतार विश्वकप २०२२ अन्तर्गत क्वार्टरफाइनलमा साबिकको विजेता फ्रान्सविरुद्ध खेल्दा स्ट्राइकर केलियन एमबाप्पेमा मात्र ध्यान केन्द्रित गर्न नहुने बताएका छन् ।

इङ्ल्यान्डले शनिबार अल बायात स्टेडियममा फ्रान्सको सामना गर्दैछ । इङल्यान्डले सेनेगललाई ३–०ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

त्यस्तै फ्रान्सले आइतबार नै पोल्यान्डकमाथि ३–१ को जित निकाल्दै क्वार्टफाइनलमा स्थान बनााएको थियो ।

जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिहेका एमबाप्पेले पोल्यान्डविरुद्ध दुई गोल गर्नुका साथै ओलिभर जिरौउडको कीर्तिमानी गोलका लागि अवसर सिर्जना गरेका थिए । सो गोलसँगै जिरौउड फ्रान्सका लागि सर्वकालिन गोलकर्ता बनेका थिए । उनले फ्रान्सबाट ५२ गोल गरिसकेका छन् । यसअघि थिएरी अनरीको नाममा ५१ गोलको कीर्तिमान रहेको थियो ।

चार खेलमा पाँच गोल गरिसकेका एमबाप्पे इङ्ल्यान्डका लागि पनि चुनौती बन्न सक्छन् ।  

‘पक्कै पनि पोल्यान्डविरुद्ध एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी विश्वस्तरिय खेलाडी हुन;’शले भने‘फ्रान्सको सम्पूर्ण टोली नै उत्कृष्ट छ,त्यसैले हामी एमबाप्पेमा मात्र केन्द्रित हुने छैनौं । सेनेगलविरुद्धको जितले हाम्रो मनोबल उच्च भएको छ । यद्धपी फ्रान्स सबैभन्दा कठिन प्रतिद्धन्द्धी हो । फ्रान्सलाई हराउने हो भने हामीले माथिल्लो स्तरको प्रदर्शन गर्नुपर्छ ।’