जर्मनी

जर्मनी फुटबल टोलीका निर्देशक ओलिभरकाे राजिनमा

बर्लिन । कतार विश्वकप २०२२मा निराशजनक प्रदर्शनपछि जर्मनी फुटबल टोलीका निर्देशक ओलिभर बियरहफले पदबाट राजिनमा दिएका छन ।

१९९६को युरोपियन च्याम्पियनसिप विजेता तथा २००२ को विश्वकप उपविजेता जर्मन टोलीका सदस्य बियरहफ सन् २००४ देखि निर्देशकका रुपमा कार्यरत थिए । 

आठ वर्ष अगाडी ब्राजिलमा जर्मनीले चौथोपटक विश्वकपको उपाधि जित्दा बियरहफको भूमिका उल्लेखनिय थियो ।

कतार विश्वकपको  आफ्नो अन्तिम खेलमा कोस्टारिकालाई पराजित गरे पनि स्पेनसँग गोलअन्तरमा पछि पर्दा जर्मनी समूह चरणबाटै बाहिरिएकाे थियो ।

जर्मन फुटबल संघका अध्यक्ष ब्रेन्ड नाेएनड्रफले हालसम्म दिएकाे याेगदानका लागि बियरहफलाई धन्यवाद दिएका छन् ।

‘बियरहफले जर्मन फुटबलका लागि धेरै याेगदान दिएका छन् । त्यसका लागि धन्यवाद ,' नाेएनड्रफले भने‘पछिल्लो समय टोलीको प्रर्दशन सोचे अनुरुप हुन नसके पनि बियरहफ हाम्रो उत्कृष्ट क्षणका साक्षी बने ।'