नेइमार

नेइमारले दोस्रो खेल खेल्नेमा दुबिधा

दोहा । सर्बियाविरुद्धको समूह चरणको पहिलो खेलमै चोटका कारण बाहिरिएपछि ब्राजिलका स्ट्राइकर नेइमारले विश्वकपको बाँकी खेल खेल्नेमा दुबिधा बढेको छ ।

बिहिबार समूह जी अन्तर्गत सर्बियामाथि २–० को जित निकालेको खेलको ८० औं मिनेटमा निकोला मिलेन्कोभिचको खराब ट्याकलपछि कुर्कुच्चाको चोटका कारण ३० वर्षीय नेइमारले मैदान छाडेका थिए 

‘हामी नेइमारले विश्वकपका बाँकी खेल गुमाउने छैनन भन्नेमा विश्वस्त छौं' ,’ मुख्य प्रशिक्षक टेटेले भने । 

ब्राजिलका चिकित्सकले नेइमारको चोटको शुक्रबार पुनः परीक्षण गरिने बताए ।

‘हामी शुक्रबार पुनः परिक्षण गर्ने छौं’,टोलीका चिकित्सक रोड्रिगो लास्मारले भने‘ चोट कती गम्भिर छ त्यसपछि मात्र थाह हुन्छ । अहिले नै केही भन्ने सक्ने अवस्था छैन ।’

ब्राजिलले आफ्नो दोस्रो खेलमा सोमबार स्विट्जरल्याण्डको समाना गर्नेछ ।